कोरोनाको आतंक।


लेखक: राजेश श्रेष्ठ 

विस्व जगतमा नै फैलिएको कोरोनाले नेपाललाई भने अहिले सम्म चाहि छोएको छैन भन्छन् नेपालमा नि कोरोना फैलियो भनेर सुन्न नि नपरोस् हामी सबैलाई थाहा नै , यदी नेपालमा यो रोगले नेपालीहरुलाई असर गर्यो भने हाम्रो स्थिति कस्तो हुन्छ भनेर सबै देश आफै कोरोना सँग लडिरहेको बेलामा हामीलाई सहयोग गर्न कोही पनि नहुन सक्छन् यस बखतमा हामीले नै सतर्कता अपनाउनु पर्दछ, अर्काको आश नै किन गर्ने , होइन !

रोगले चाहि आज सम्म आउँदा ग्रसित भएको छैनम् तर डरले भने हामी जत्तिको ग्रसित अरु कोहि छैनन् होला रोगले नखाको तर डरले खाको हामी जस्तै एउटा परिवारको कथा सुनाउन चाहे आज हजुरहरु सामु  

एउटा परिवार, जसमा चार जना, दुई छोरा पति पत्नी थिए श्रीमान भने कामको शिलशिलामा विदेश पुगेका थिए यसै क्रममा विस्व भरि नै फैलिरहेको कोरोना भाइरसले श्रीमान काम गरिरहेका ठाउँलाई नि छुई सकेको थियो यता नेपालमा बसिरहेकी उनको श्रीमतिलाई भने बुदोको धेरै नै चिन्ता भई रहेको थियो उता बुदोलाई पनि आफ्नो परिवरलाई केहि भएको छैन् भन्ने चिन्ताले पिरोली रहेको थियो आफै भने कोरोनाले ग्रसित भएको ठाउँमा काम गर्दै थिए परिवारको चिन्ता लिने आफ्नो नै मन्छेको मन हो उता विदेशमा काम गरिरहेका पतिलाई निकैनै खुलढुल हुन्छ यहि क्रममा नै विदेश बाट बुदिलाई कल आउछ दुई छोराहरु चै खेलिरहेका छन् सानै छन् उनिहरुलाई खासै मतलब पनि छैन कोरोना आओस् कि होरोना आओस् उनिहरु आफ्नै दुनिया मस्त व्यस्त छन् अज खुशी छन् भनम स्कूल पनि बिदा हुन आटेको अब पढ्नु पर्दैन भनेर  उनिहरुलाई केहि कुराको तनाव नै छैन यही हो राम्रो पन बच्चाहरुको जुन हामी सबैले सिक्नु पर्ने  



श्रीमतिले फोन उठाउँछे अनि दुई बिच कुराकानी सुरु हुन्छ   

श्रीमान: हेल्लो, काली हो ?
श्रीमति:हेलो, हजुर नै हो कस्तो तपाईंलाई ? सन्चै हुनु हुन्छ नि एता Facebook, Youtube, TV तिर तपाईं बसेको ठाउँ तिर कोरोनाले यस्तो, त्यस्तो भयो भन्छन् तपाईंलाई केहि भाको छैन नि तपाईंको धेरै नै याद आउछ बुदा
श्रीमान: धेरै चिन्ता लिनु पर्दैन मलाई सन्चै एता, कोरोना बाट बचन धेरै सतर्कताहरु अपनाउदै छु आजकला गाह्रो एता तिर, काम पनि खासै हुँदैन सबै ठप्प हुँदै हुन किन नहोस् Dubai पर्यटकले नै गर्दा चलिरहेको ठाउँ हो उनिहरुको नै अवत जवत नै कम भए पछि हाम्रो के काम अब आफ्नो लागि मिठो पकाउने अनि खाने धेरै अरुको लागि पकइयो काली अनि छोराहरुलाई कस्तो सन्चो विसन्चो के गर्दै छन् ?      
श्रीमति:अघि सम्म खेलिरहेका थिए अब भोक लाग्यो होला जेठोले दुईजनालाई खाना पसकेर खान आटिरहेका छन् एक छिन् पछि खान्छु भोक नै हरायो तपाईं सँग कुरा गर्न थाले पछि 
श्रीमान: Gastric होला जहिले पनि त्यस्तै गर्छौ तिमी पनि अनि छोराहरुलाई....
श्रीमति: अं सानेलाई अस्ति स्कूलमा १०३ डिग्री जरो आको थियो मेडिकल बाट जरोको औषधी खुआएर निको भछ अहिले फेरी रुगा खोकी......
(श्रीमान हत्तपत्त डराउदैं
श्रीमान:अस्पताल लगिहाल बाबुलाई छिटो चेक गरौन तिमी पनि कस्तो हेल्चेकराइ गरेको हँ कोरोना सोरोनको सङ्केत होला छिटो छिटो....     
श्रीमति: ह्या तपाईं पनि के भन्नु हुन्छ त्यस्तो भन्नु पनि हुन्न रे क्या तपाईंलाई थाहा नै नि सानेलाई वर्षेनी रुगा खोकी लागी रहेको हुन्छ मौसम परिवर्तन हुँदा खेरी  
श्रीमान: एक चोटी जचाउन जादा के हुन्छ , बरु पैसा छैन भने भोलि तिर पठाँउछु
श्रीमति: पैसा , पर्दैन भोलि तिर बाबुलाई अस्पतालमा देखाउन लगौला
(अचानक ठुलो छोराले खोक्न थाल्छ पिरोले गर्दा.....)
श्रीमान: सानो बाबु हो ? भोलि नै लगिहाल है, काली
श्रीमति: होइन, ठुलो बाबुले खोकेको हो
श्रीमान:(डराउदै...)ओहो कोरोना नै हो कि क्या हो भोलि नै जाँउ तीन नै जाना जचाउन टेन्सन भयो अब झन् ह्या तेरिका हे पशुपती नाथ रक्षा गर प्रभु
(श्रीमति हाँस्दै....)
श्रीमति: ह्या! बुदा पनि पुरा कुरा सुन्नुस पहिला पिरोले गर्दा खोकेको नि ठुलो बाबुले , तपाईं पनि बेकार्को tension लिनु हुन्छ
श्रीमान: लिनु परेन काली आखिर यहाँ आको पनि तिमीहरुको लागि नै हो तिमीहरुलाई केहि भई हाल्यो भने एता कमाउन आको के काम यो धनको के काम (लामो सास लिदैं...)राम्ररी बस है काली बाबुहरुको नि ख्याल गर अनि आफ्नो पनि
श्रीमति: हुन्छ बुदा, तपाईं झन आफ्नो रेख देख गर्नु बरु नेपाल नै आएको जति
श्रीमान: हुन्छ काली, आउन परे आउला नि आफ्नै देश हो नि एता काम नभए पछि एता बसेर नि के काम , अब भोलि तिर फोन गरौंला फेरी अब खाना पकाउन जानु एक्दमै भोक लागेको , तिमी पनि खाना खाउ bye bye काली
श्रीमति: हुन्छ बुदा ,आफ्नो ख्याल गर्नु तपाईं पनि, भोली कुरा गरौंला
(दुबैंले फोन राख्छन् अनि कुराकनी समाप्त हुन्छ )


यो थियो एउटा विदेशम रोजगारिको शिलशिलामा गएको एउटा परदेशिको सानो कथा यो जस्तो कथा अहिले कति बनिरहेको होला सायद कति दु:खद क्षणमा परिवर्तन पनि भइ सके होलान तर हामीले हार खानु हुन्न सबै मिलेर यो महामारिको सामना गर्नुपर्छ मनलाई दरो बनउनु पर्छ अगाडी बद्नु पर्छ सधै रात पक्कै पनि हुँदैन, भोलि उज्यालो दिन अवश्य नै आउने    

 


Comments

Popular posts from this blog

Lord Ram born in Nepal ?

नेपालीको दुःख र इच्छा।

संस्कृति हाम्रो पहिचान