लक्ष्य
लक्ष्यको खोजीमा हिडिरहेको म , हिडिनै रहे हिडिनै रहे । सायद दौडिनु पर् थियो होला , तर दौडिन सकिन म । अल्झिन खोजेको थिए यही लक्ष्यको अन्यौलमा , तर अल्झिन सकिन म । यो लक्ष्यको बाटो पनि कस्तो निष्ठुरी , चारै तिर उत्तिकै भुमरी र समस्याहरु मात्रै । सायद लड्नु पर्ने , अनि बल्ल केहि देखिन्थियो , सिकिन्थियो कि , तर लड्न सकिन म । लड्न सिकिएन र कसैले सिकाएन्न पनि । के थाहा सबैलाई लड्नु एउटा हारको स्वरुप नै थियो कि । जसरी भए पनि यही लक्ष्यको कुनै न कुनै बाटोमा दौडिनु छ । लडेर होस् या सिकेर अथवा जानेर , अगाडि बद्नु नै छ । पाएको यो एक जुनी लक्ष्य विहिन भएर मरेर जानु नपरोस्। मृत्यु पष्चात् यही जुनी जन्मन एउटा लक्ष्य बन्ढा पछुताउन नपरोस्। लेखक: राजेश श्रेष्ठ