भुलाउन सजिलो भएको भए ...

पिउन छोडेको थिए 

तर फेरी तिम्रो याद आयो

पुराना अतितका दिनहरु भुलाउन

हातले बोतलको साहारा लिन थाल्यो

 

दिनमा एता उति झुलिएर 

मस्तिकले नयाँ नयाँ कथाहरु कोर्न थाल्यो  

तिम्रो सम्झनाहरुले गर्दा  रातमा 

आजकाल एक्लोपनाले पनि सताउन थाल्यो  

 

सम्झनाहरु मेटाउन मिल्ने भएको भए

सायद रात पनि क्षेणिक भरको हुन्थियो होला 

भुलाउन त्यती सजिलो भएको भए

यो मनमा अर्कैको बास पनि बस्थियो  होला


लेखक: राजेश श्रेष्ठ 

Comments

Popular posts from this blog

Paras Khadka: The God Of Nepali Cricket

Lord Ram born in Nepal ?

TENET from my perception