भुलाउन सजिलो भएको भए ...

पिउन त छोडेको थिए
तर फेरी तिम्रो याद आयो ।
पुराना अतितका दिनहरु भुलाउन
हातले बोतलको साहारा लिन थाल्यो ।
दिनमा त एता उति झुलिएर
मस्तिकले नयाँ नयाँ कथाहरु कोर्न थाल्यो ।
तिम्रो सम्झनाहरुले गर्दा रातमा
आजकाल एक्लोपनाले पनि सताउन थाल्यो ।
सम्झनाहरु मेटाउन मिल्ने भएको भए
सायद रात पनि क्षेणिक भरको हुन्थियो होला ।
भुलाउन त्यती सजिलो भएको भए
यो मनमा अर्कैको बास पनि बस्थियो होला ।
लेखक: राजेश श्रेष्ठ
Comments
Post a Comment