देशको प्रेम


निकै नै दुख, पसिना, रगतले बनाइएको देश हो हाम्रो

कसैले बनाएर दिएको देश होइन हाम्रो

 

उहिले जुक्न सिकेको थियो अहिले जुक्न जानेको

अहिले सम्म स्वतन्त्र मात्र एक मुलुक भएर बाच्न सकेको

 

नेपाली हामी, पुर्खाको इज्जत मेहिनतको मान राख्न जानेका छौ

कमि कम्जोरी   होला तर होस गरेस खुकुरी टल्काउदै शत्रुलाई सिदाउन अझै हामी नेपालीले जानेका  छौ

 

हिमाल, पहाड, मधेको सेरोफेरोमा हुर्केको हामी गोर्खाली 

कसैले हाम्रो देश माथि आँखा गाड्छ भने कसम नेपाल आमाको फेरी अर्को इतिहास कोर्न पछी पर्दैन यो गोर्खाली 

 

सानो भनेर नहेप्नु माता सीता गौतम बुद्ध जन्मेको देश हाम्रो, सगरमाथाले विस्व सामु उच्च पारेको

लाग्छ माया धेरै नै हामी नेपालीलाई हाम्रो जन्मभुमी नेपालको

लेखक: राजेश श्रेष्ठ

Comments

Popular posts from this blog

Express Feeling

Skills to Learn by Students before Going to Abroad for Study

What To Do Next ?