देशको प्रेम


निकै नै दुख, पसिना, र रगतले बनाइएको देश हो हाम्रो ।

कसैले बनाएर दिएको देश होइन हाम्रो ।

 

न उहिले जुक्न सिकेको थियो न त अहिले जुक्न जानेको छ ।

अहिले सम्म स्वतन्त्र मात्र एक मुलुक भएर बाच्न सकेको छ ।

 

नेपाली हामी, पुर्खाको इज्जत र मेहिनतको मान राख्न जानेका छौ ।

कमि कम्जोरी  छ होला तर होस गरेस खुकुरी टल्काउदै शत्रुलाई सिदाउन अझै हामी नेपालीले जानेका  छौ ।

 

हिमाल, पहाड, र मधेशको सेरोफेरोमा हुर्केको हामी गोर्खाली ।

कसैले हाम्रो देश माथि आँखा गाड्छ भने कसम नेपाल आमाको फेरी अर्को इतिहास कोर्न पछी पर्दैन यो गोर्खाली ।

 

सानो भनेर नहेप्नु माता सीता र गौतम बुद्ध जन्मेको देश हाम्रो, सगरमाथाले विस्व सामु उच्च पारेको ।

लाग्छ माया धेरै नै हामी नेपालीलाई हाम्रो जन्मभुमी नेपालको ।

लेखक: राजेश श्रेष्ठ

Comments

Popular posts from this blog

What To Do Next ?

Skills to Learn by Students before Going to Abroad for Study

World Cup 2022: Witnessing The Greatness