नेपालीको दुःख र इच्छा।


लेखक: राजेश श्रेष्ठ 

नेपाल नेपालीलाई आफ्नो मनमा राखेर देश अगाडी बदाउने सच्चा देशभक्तीहरुको खाचो अहिले हाम्रो मुलुकमा पुर्खाले रगत पसिना एक गरेर दुखले आर्जेको देश आज गुसिया नेताहरुले गर्दा बिस्तारै बिस्तारै भारतीय सिमामा घासिदै लाजको कुरा के हो भने, हामीलाई यो कुरा थाहा पाउन पनि भारतीय संचार कुर्नु पर्यो हामी कति पछाडी रहेछौ कम्से कम संचार माध्यम अगाडी भइदेको भए, त्यो पनि छैन काठमाडौंमा नै सबै कुराहरु केन्द्रित भएको हुनाले यो सबै भइरहेको जस्तो पनि लाग्छ सैनिक सिमामा परिचालन गर्न पनि नेपाललाइ कस्तो गाह्रो भएको होला, सायद खर्च बदि हुन्छ भनेर नगरेको होला तर त्यो पनि कसरी मान्ने, जुन देशमा करोडौको गाडी किन्न पैसा हुन्छ, करोडौको गुस लिन पैसा हुन्छ तर देश देशवासीलाई खर्च गर्नु पर्दा भने पैसा नै हुन्न, अचम्मा नै भा ! पुर्खाले गरे हामीले कहिले गर्ने ? थाहा के भइराछ तर केहि गर्न पनि सकेका छैनम। मात्र दर्शक भएर नाटक हेरिरहेका छौ, कहिले हसाउने खालको, कहिले द्वन्द, कहिले सस्पेंस, कहिले रिस पनि उठ्ने खालको, अनि प्राय जसो चाहि आजकल चलेको टेलि सिरिज मनि हिस्ट जस्तै  

बहादुर सिपहीको देश भनेर चिनिएको तर खोइ आज उनिहरुको हात किन यसरि बादिएको हत्यार प्रयोगमा नल्याउदा खिया लग्न्न सक्छ उनिहरुको मनमा पनि यो कुराहरु खेल्दो हो भर्ती हुँदा नेपाल आमाको रक्षा गर्दा प्राण गए पनि तयार हुन्छु भन्नेको हात कति चिलाएको होला तर के गर्नु कातर डरफोकले सासन गर्दा एस्तै हुन्छ निडर नेता जो आफ्नो ज्यान हातमा राखेर आदेश दिन्छ, नियम बनौछ, जस्ले कसैले केहि भन्ला कि, केहि गर्ला कि भन्ने कुराको वास्त नगरि शासन गर्न सक्छ त्यस्ता नेताहरुको खाचो हामी नेपालीहरुलाई विदमवना त्यस्तो शाहसी जन्मिय, तर इतिहासको पानामा मात्रै अहिले लोबी आफ्नै देशलाई पैसाको लागि बेच्नेहरु छन् जस्ले गर्दा देशको उभो पनि लग्न सकेन त्रुटी हामी जनतामा पनि भोट दिने बेलामा मेरो मान्छे, त्यस्को मान्छे यसले मासु भात खुवायो, यसले पैसा दियो भनेर तिनीहरुलाई नै भोट दिएर सत्तामा पुगौछौ अनि अन्त्यामा उनिहरुले केहि गरेन भनेर फेरी सरापछौ हाम्रो बानी , छिटै बिर्सने त्यही कारणले होला पछी फेरी उनिहरुलाई नै भोट दिन्छौ, अनि फेरी सराप्ने काम जारी हुन्छ आफ्नो गल्ती नदेख्ने अनि अरु तिर आउला तेसार्ने कारणले गर्दा देश अहिले अगि बदने बाटोमा होईन पछी सर्ने बाटोमा गई रहेको देख्दा हरेक नेपालीहरुको मन रुन्छ होला


Comments

Popular posts from this blog

Express Feeling

Skills to Learn by Students before Going to Abroad for Study

What To Do Next ?