अस्पृश्यता

 

सुन्दा मन खिन्न भयो ।

जातिय विभेदले गर्दा विचराको ज्यान नै गयो ।

कति पिछिडिएको सोचहरुको भिडमा छौ हामी ।

मायाको उदाहरण बनि सँगै जिवन विताउन खोज्नेको भयौ मलामी ।

कसले बनायो स्वार्थ लुकेको यो सानो जात त्यो ठुलो जात भनेर ।

मायामा अन्धो र बहिरो हुनेलाई यस्तो कुराले कहाँ छेक्दो रहेछ र ।

सँगै जिउने र मर्ने कसम खाएका ति जोडी ।

जातिय अन्धाभक्तले गर्दा रोकियो आज एउटा जिवनको घडी ।

सच्चा माया गर्नेहरुको लागि हुन्न यो संसार ।

जब सम्म परिवर्तन हुँदैन हाम्रो पौराणिक विचार ।


लेखक: राजेश श्रेष्ठ 

Comments

Post a Comment

Popular posts from this blog

Skills to Learn by Students before Going to Abroad for Study

What To Do Next ?

लक्ष्य